
सुनसरी। नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत आज सुनसरीको इनरुवा १० स्थित जालपापुरमा जागरणसभा हुँदैछ । जागरण अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू सुनसरी पुग्नुभएको छ ।
जागरण अभियानकै क्रममा आज सुनसरीमा इनरुवा नगर समितिको दोस्रो अधिवेशन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अनिता परियारले नेपालकैरनलाई बताउनुभयो।
अभियान अन्तर्गत फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ ।
झापाबाट शुरु भएको जागरण अभियान आगामी चैत्र ७ गते कन्चनपुर पुगेर समापन गर्ने कार्यक्रम रहेको छ।
सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले जिल्ला र गाउँ केन्द्रित जागरण सभाहरुलाई तीव्रता दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय