
मोरङ । झापाबाट शुरु भएको नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ ।
आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६ को रमाइलो बजारमा जनसभा हुनेछ ।
रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिकामा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खाने र कार्यकर्ता भेटघाटको कार्यक्रम हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबरा विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय