
काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठक लगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ ।
बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पु-याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसधैँ तयार रहेको जानकारी गराउनुभयो ।
बैठकमा दुवै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने सहमत भएका छन् । सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकालाई अझ प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थित गर्न पहल गर्ने विषयमा छलफल भएको थियो ।
भेटवार्तामा सीमा नाकामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुइ पक्षीय भ्रमण आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने व्यापार मेला र महोत्सवमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यमा समन्वयात्मक रूपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय