
कास्की । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पार्टीको पेसागत तथा वुद्धिजीवी विभाग प्रमुख डा डिला सङ्ग्रौलाले वर्तमान संविधान संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजना गरिने ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कर्यक्रमबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संंशोधनमार्फत निर्वाचन प्रणाली लगायतका समस्या समाधान गर्नेतर्फ कांग्रेस अगाडि बढ्ने बताउनुभयो ।
गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा सङ्ग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको बताउनुभयो । नेपाली जनताका चाहनालाई पूरा गर्न ठूला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उहाँले बताउनुभयो ।
नेता डा सङ्ग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिनुभयो ।
त्यस अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधनमार्फत देशलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय