
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि महासङ्घले आफ्नो कक्ष राखी सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो ।
महासङ्घको कक्ष भ्रमण गर्ने सहभागीले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिम आवश्यक पर्ने बताएका उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिनुभयो । बुढानीलकण्ठ नगरपालिकालाई स्थानीय सञ्चारमाध्यमको दिगो विकास, विज्ञापन व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘स्थानीय सञ्चारमाध्यमको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति बनाउनु अपरिहार्य छ ।”
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको थियो । महासङ्घको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उप प्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
महासङ्घ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमलाई बजेट विनियोजन, विज्ञापन वितरणको मापदण्ड तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध