
काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल चयन हुनुभएको छ ।
सङ्गठन १२औँ महाधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचित हुनुभएको महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका इन्चार्ज रामेश्वर फुयालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय ६७ नयाँ कार्य समिति चयन गरिएको हो । पेशागत महासङ्घ नेपालका इन्चार्ज फुयालका अनुसार वरिष्ठ उपाध्क्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।
यस्तै सङ्गठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित हुनु भएको छ । यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित हुनुभयो ।
महाधिवेशनले प्रदेश इन्चार्ज तोकेको छ । कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ ।
सङ्गठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौँमा शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु