
काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी हुनुभएको छ ।
परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले २ हजार ४ सय ४९ मत ल्याएर विजयी हुनुभएको बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिनुभयो । अर्का उम्मेदवार नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले १ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
कोशी प्रदेश पार्षदमा राजु ढकाल, मधेसमा सञ्जीवकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीमा मातृकाप्रसाद खनाल र सुदुरपश्चिम प्रदेशमा टेकबहादुर कठायत विजयी हनुभएको छ ।
सातै प्रदेशमा शनिबार मतदान भएको थियोे । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचनमण्डलबाट एक जनाका हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षदहरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार परिषद्को पार्षदको निर्वाचन भएको हो । सातै प्रदेशमा एक–एक परिषद्को पार्षद छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात पार्षद चयन हुन्छन् ।
परिषदको पार्षदको पदावधि पाँच वर्षको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै