
गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो ।
आफू र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेलमा बसेको साथी भएको उल्लेख गर्दै उहाँले भन्नुुभयो, ‘वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेको साथी हौँ । धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन ।’ मुलुकको विकासका प्रचुर रहेका भन्दै उहाँले यसको समग्र उन्नयनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तामा निराशा नभई आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो। बिपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेकोे उहाँको भनाइ छ । बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब २ सय जना सहभागी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै