
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा उहाँले युग सुहाउँदो शिक्षाका लागि अब पुरानो र परम्परागत शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
‘सही शिक्षा नीति नहुँदा शिक्षामा गरिएको लगानीबाट सोचेअनुसार लाभ लिन सकिएको छैन । यसकारण परिवर्तित समयअनुसारको गुणस्तरीय शिक्षा र शिक्षा प्रणालीका लागि शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो’ मन्त्री गुरुङले भन्नुभयो– सरकारले सोही सोचका साथ शिक्षा नीति ल्याउने तयारी गरेको छ । पुरानो शिक्षा नीति संशोधन गरेर अहिले संसद्मा नयाँ शिक्षा विधेयक छलफलको क्रममा छ । अबको नीतिमा प्राविधिक, सीपमुलक शिक्षा अनिवार्य हुनुपर्छ ।’
नेपाल सरकारका प्रवक्ता मन्त्री गुरुङले पढेर विदेश पलायन हुनेभन्दा पनि स्वदेशमै बसेर आत्मनिर्भर हुने खालको शिक्षा दिन आवश्यक रहेको भन्दै त्यसका लागि सूचना प्रविधिमैत्री शिक्षा अवलम्बन गर्न आग्रह गर्न आग्रह गर्नुभयो । ‘अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन् भने अशिक्षितजस्तै हुन्छन् । सूचना प्रविधिबारे बुझ्न र बुझाउन जरूरी छ । सरकारले पनि शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको छ’ उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले शिक्षामा सरकारले गरेको लगानीको प्रतिफलका लागि शिक्षक, अभिभावक र स्थानीय तहले गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सरकारले आवश्यक कानुन निर्माण र सुधारमा जोड दिएको भन्दै उहाँले सरकारले हालै ल्याएको अध्यादेश त्यसैको शुरुवात भएको र यसले जनताको हित हुने जिकिर गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो– ‘जनताको सेवा नै अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको हो । जनताको तत्कालको समस्या समाधान गर्न अध्यादेश ल्याइएको हो । यो संसद् चालु अवस्थामा नरहेका बेला सरकारले ल्याउनसक्छ भन्ने थाहा हुँदाहुँदै विपक्षले गरेको विरोधको कुनै अर्थ छैन ।’
कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान गुरुङले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्न अपरिहार्य भइसकेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै