
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजदेखि शुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रष्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘संविधान कार्यान्वयनबाट जनतालाई हामीले जे उपलब्धि दिने भनेका छौँ, त्यो दिन सक्यौँ कि सकेनौँ भन्ने गम्भीरतापूर्वक समीक्षा गर्न सकौँ । जहाँ कमजोरी भएको छ त्यसलाई हामीले सुधार गरेर अघि बढ्न सकौँ । त्यही बाटोमा एकताबद्ध रुपमा हिँड्न सकौँ ।’ उहाँले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताउनुभयो ।
अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको नेता सिटौलाको भनाइ छ । उहाँले भन्नुभयो– ‘अहिले पनि हाम्रो मानसिकता केन्द्रीकृत शासन प्रणालीमा अड्किएको छ । पार्टी सञ्चालन गर्दा होस् वा राज्य सञ्चालन गर्दा केन्द्रकृीत भावना नै देखिन्छ । स्थानीय सरकारले काम गर्नसक्ने अवस्था देखिएको छैन । पार्टीको सङ्कुचित भावनाले माथि उठेर काम गर्न सकेका छैनौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै