
काठमाडौँ । समाजवादी मोर्चाले मङ्गलबार प्रज्ञा प्रतिष्ठानमा गर्ने सभाको तयारी पूरा गरेको जनाएको छ । मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञा प्रतिष्ठानमा हुने सभा, शीर्ष नेताहरूबाट हुने सम्बोधन, भीड व्यवस्थापनका निमित्त स्वयंसेवक परिचालन, विभिन्न सञ्चारगृहबाट आउने सञ्चारकर्मीको व्यवस्थापनलगायत कार्यसूची तयार गरेको छ ।
मोर्चाको देशभर साङ्गठनिक अवस्था, सबै प्रदेश संरचनाका गतिविधि, हालसम्मका उपलब्धि तथा कमजोरी र आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सभा आयोजना गरिएको मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका ढिलासुस्तीलगायत विषयमा समेत मोर्चामा आबद्ध नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।
मोर्चाले करिब ६० जिल्ला तथा ३० स्थानीय तहमा साङ्गठनिक संरचना तयार गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु