
तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन बिताउन सक्दैन । विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।’ स्वस्थ मानिस मात्रै सुखी हुने बताउँदै मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुनका लागि आहारव्यहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउनसकेको अवस्था छैन । स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरूरी छ ।’
मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन, नजानेर व्यक्ति रोगी हुन्छ । त्यसैले सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरूरी छ ।’ मन्त्री पौडेलले विद्यालयस्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने बताउँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिनुभयो ।
मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ छ ।
मन्त्री पौडेलले विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्नुभयो । पञ्चमुनी यस क्षेत्रकै नमुना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु