
लुम्बिनी । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् ।
समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभएको थियो ।
भ्रमणपछि अर्थसमितिका सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकर्मीको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरुले ध्यान दिने बताउनुभयो ।
त्यस अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदलाई जानकारी गराउनुभएको थियो । लुम्बिनीको पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानार्कषण गराएको शाक्यले बताउनुभयो ।
सांसदले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु