
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ ।
व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो ।
माघ पहिलो सातादेखि यो सेवा शुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिनुभयो । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उहाँको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा फोन गर्न सक्नेछन् ।
आचार्यले भन्नुभयो– ‘जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल ‘फिल्ड’मा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई फोन गर्नु हुनेछ, नगरपालिकाबाट प्राविधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउनेछन्, अहिले हामीले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा शुरु गरेका छौँ, अब छिट्टै २४सै घण्टा सेवा दिनेगरी तयारी गरिरहेका छौँ ।’
किसानले प्राविधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकलाई टेलिफोनका माध्यमबाट प्रावधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उहाँको भनाइ छ ।
किसान ‘कल सेन्टर’ स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउनुहुन्छ ।
किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि तथा पशुसम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्या तथा क्षति समाधानका उपाय, सूचना एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै