
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुुभएको छ । बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उहाँले प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुुभएको हो ।
त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कानुनले बालविवाहलाई अपराध भनेर परिभाषित गरे पनि प्रदेशका कतिपय ठाउँमा अझैसम्म बालविवाह हुँदै आएको बताउनुुभयो । प्रदेश सरकारले बालविवाह मुक्त गर्ने खालका नीति तथा कार्यक्रमहरू तय गरे पनि कानुनी रुप दिन बाँकी रहेको उहाँको भनाइ थियो ।
उहाँले बालविवाह कानुनी रुपमा अपराध भएको र यसको अन्त्य जरुरी रहेको बताउनुभयो । कतिपय स्थानीय तहले ऐन बनाएर काम गर्दै रहेको बताउँदै उहाँले प्रदेश सरकारले पनि चाँडै नै कडा कानुन ल्याउने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा अहिले बालविवाहको सङ्ख्या ११.९ प्रतिशत छ ।
समारोहमा सामाजिक अभियन्ताहरू बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारी, गण्डकी प्रदेश सरकारका सचिवहरू, विद्यार्थी, बालविवाह प्रभावित बालबालिका, पत्रकार, सरोकारवाला निकाय तथा बेस नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु