
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ । तुलसीपुर–८ का बटवलपुरका शहीद परिवासँग भेटघाट गर्नुभएको हो ।
त्यसअवसरमा दाहालले बेपत्ता र शहीद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताउनुभयो । टिआरसी विधयेक पास गर्न सफल भएको समेत उहाँको भनाइ छ । उहाँले शहीद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताउनुभयो ।
जहाँ एकैघरका ६ जनाले जीवन गुमाएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको मृत्यु भएको हो । त्यही वडामा १९ जना शहीद परिवार हुनुहुन्छ ।
थारू सङ्ग्रहालय अवलोकन
अध्यक्ष दाहालले दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । शुक्रबार उहाँले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताउनुभयो । उहाँले सङ्ग्रहालयले पर्यटन, प्रवर्द्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताउनुभयो ।
सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराउनुभएको थियो । चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताउनुभयो । सङ्ग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताउनुभयो ।
सङ्ग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै