
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेशको चर्को विरोध गरिरहेको बेला अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अध्यादेशको अन्तरवस्तु अध्ययन गरिरहेको बताएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले हरेक दिन विभिन्न कार्यक्रममा मन्तव्य दिनेक्रममा अध्यादेशको विरोध गर्दै आउनुभएको छ । माओवादी अध्यक्ष दाहालले अध्यादेशसहित प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना र सहकारी ठगी प्रकरणमा पसेका रास्वपा सभापति रवि लामिछानेको बचाउ गर्दै आउनुभएको छ ।
यही बेला रास्वपा अध्यादेशको सवालमा पूर्वप्रधानमन्त्री दाहालको पथमा नलागेर त्यसलाई सुक्ष्म ढंगले अध्ययन गर्न लागेको हो । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारले ल्याएका विभिन्न अध्यादेशका अन्तरवस्तु (कन्टेन्ट) आफूहरूले अध्ययन गरिरहेको बताउनुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै ५ वटा अध्यादेश जारी गरिसक्नु भएको छ । माओवादी अध्यक्ष दाहालसहितका अन्य विपक्षीले भने सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरिरहेका छन्। तर रास्वपा अध्यादेशको सवालमा अरु विपक्षीको साथ नलागेर बेग्लै धारणासहित त्यसको अध्ययनतर्फ लागेको हो ।
‘हामीले अध्यादेश आइसकेपछि यसको विषयवस्तु र कन्टेन्टमा अध्ययन गर्नुपर्छ भनेर काम गरिरहेका छौं। हाम्रो साथीहरू अध्यादेशको अध्ययनमा लागिरहनुभएको छ’ रास्वपाका कार्यवाहक सभापति अर्यालले भन्नुभएको छ– ‘पार्टीको तर्फबाट पनि हामी यसमा काम गरिरहेका छौं। अध्यादेशमा आएका सबै कुरा खराब नहुन सक्छन्। केही कुराहरु जनताको पक्षमा हुन सक्छन्। त्यसलाई हामीले भुल्नु हुँदैन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध