
काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राससकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत नेपालले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी मुलुकको अर्थतन्त्र सुधारका पक्षमा योजनाबद्ध ढङ्गबाट काम गर्ने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘कूटनीतिक क्षेत्र तथा दातृ नियकासम्बद्ध स्वदेशी तथा विदेशी सङ्घसंस्थासँगको सहकार्यसहित वित्तीय व्यवस्थापन, नीति तथा योजना तर्जुमालगायतका क्षेत्रमा काम गरेको लामो अनुभवसहित प्राप्त ज्ञान र जनसम्पर्कको अधिकतम सदुपयोग गरी परिणाम देखिने गरी देश र जनताका पक्षमा काम गर्नेछु । प्राप्त जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’
राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते स्पेनका लागि उहाँलाई राजदूत पदमा नियुक्त गर्नुभएको थियो । राजदूत नियक्ति प्रक्रियाअन्तर्गत नेपाल सरकारबाट गत साउनमा स्पेनका लागि सिफारिस हुनुभएका नेपालले भदौमा संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुभएको थियो । सरकारले हाल नेपाली दूतावास नभएकाले युरोपेली मुलुक माल्टाका लागि समेत राजदूतको जिम्मेवारी तोकेको उहाँले जानकारी दिनुभयो ।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पोचुगलमा नेपाली दूतावास स्थापना गरी उहाँलाई राजदूत पदमा सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री