
काभ्रे । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । १६ लाख रुपैयाँको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट शुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् ।
स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ । त्यस अवसरमा रुसेलले प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएकाले त्यो विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले यहाँका विद्यार्थीमा चेतनास्तर बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘शिक्षा संसारको ठूलो स्वतन्त्रता हो, प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्दछ’ उहाँले भन्नुभयो–‘तपाईँ विद्यार्थीहरूले समायानुकूल प्रविधिमैत्री शिक्षा पाउनुहुनेछ, यसको सही सदुपयोग गर्नुस्, आफूलाई अब्बल विद्यार्थीका रूपमा प्रस्तुत हुनुस्, शुभकामना छ ।’
विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापनाले विद्यार्थी खुशी भएका छन् । विद्यालयको बाल क्लबको अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले कम्प्युटर चलाउन कि त बजारका साइबर धाउनुपथ्र्यो, कि त मोबाइलमा मात्र कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापना गरिदिएपछि हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सानै उमेरदेखि कम्प्युटर शिक्षा लिन तथा अभ्यास गर्न पाएकोमा निकै खुशी भएका छौँ ।’
यसैगरी त्यो संस्थाले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका –१० बेलाका २५ गृहिणी महिलालाई बाख्रा प्रदान गरेको छ । रुसेल आफैँले प्रतिमहिला दुई वटाका दरले बाख्रा वितरण गर्नुभएको हो । ती बाख्राबाट जन्मेकोमध्ये दुई वर्षपछि एउटा बाख्रा फिर्ता गरी पुनः अर्को समूह बनाइने संस्थाका नेपाल निर्देशक रवीन्द्र सिटौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले नेपालमा ५२ महिला समूह निर्माण गरी बाख्रा वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध