
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।
सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिनुुभयो । ‘यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनु हुँदैन । कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ । विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्याउनुपर्छ’ उहाँले भन्नुभयो ।
सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन, निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै