
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर गर्नुभयो ।
“अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुनः जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।”
अभियानले पार्टीलाई रुपान्तरण गरेर एकताबद्ध बनाएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले नेता, कार्यकर्ता र जनतामा नयाँ आशा र उत्साह पैदा भएको बताउनुभयो । “जनताको आशा माओवादी पार्टीसँगै रहेको पाइएको छ, जनताले अभियान निरन्तरताको माग गरेका छन्”, उहाँले भन्नुभयो ।
रुपान्तरण अभियानका क्रममा पार्टी, सङ्गठन तथा मोर्चामा रहेको अन्तरविरोध सतहमा आएको जनाउँदै प्रवक्ता सापकोटाले पार्टी विधानअनुसार चल्नुपर्छ भनेर कार्यकर्ताले नेतृत्वको ध्यानाकृष्ट गराएका बताउनुभयो । “पार्टीको नीति, निर्देशन नेतृत्व तहबाटै कार्यान्वयन हुनुपर्छ भनेर कार्यकर्ताले जोड दिनुभएको छ”, उहाँले भन्नुभयो ।
देशव्यापीरुपमा सञ्चालित अभियानको पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट बृहद् समीक्षासहित प्रतिवेदन बनाउने तयारी भइरहेको जानकारी दिँदै उपाध्यक्ष सापकोटाले आसन्न केन्द्रीय समिति बैठकमा अभियानका बारेमा समीक्षा हुने बताउनुभयो ।
“पार्टीले पहिचान र पक्षधरतालाई प्रस्ट पार्नुपर्छ भन्ने कार्यकर्ताको मत छ”, अभियानका क्रममा कार्यकर्ता र जनताले ध्यानाकर्षण गराएको विषय उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले थालेका सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्ने जनताको माग छ ।”
माओवादी संस्कार र संस्कृतिप्रति पार्टी किन उदासीन भएको हो भनी जनताबाट प्रश्न उठेको उहाँको भनाइ छ । “संस्कार र संस्कृतिप्रति माओवादीको स्पष्ट र सुझबुझपूर्ण दृष्टिकोण थियो, अहिले उदासीन भएको हो कि भन्ने प्रश्न जनताको तहबाट आएको छ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो