छुटाउनुभयो कि?

आर्थिक सूचक सकारात्मक : अर्थमन्त्री

काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको समस्या सुधार हुँदै गएको दाबी गर्नुभएको छ । ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए’ उहाँले भन्नुभयो– ‘समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् ।’ 

+