
बाँके । वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो ।
सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताउनुभयो । “यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यसपटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवद्र्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ”, उहाँले भन्नुभयो ।
निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरुलाई कसरी पु¥याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ । “बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्र्धन गर्नु सेनाको पनि दायित्व हो”, उहाँले भन्नुभयो, “सो अवसरमा पर्यटकीय भू–भागबारे स्थलगत अध्ययन गरिएको थियो ।”
सेनाका अधिकारीहरुले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरुको पनि स्थलगत निरीक्षण गरेका थिए । निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो ।
चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई रु एक हजार शुल्क र विदेशी पर्यटकका लागि रु एक हजार सात लिने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव