
म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उहाँका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गर्नुभएको हो । घनमायाले आफ्नो नामबाट १ लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा १ लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको प्रअ ललितबहादुर घर्तिमगरले बताउनुभयो ।
घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप ५०/५० हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ। घनमाया, उहाँका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभएको छ।
घनमायाका जेठा छोरा÷बुहारी दलमान र माया पुनले गत वर्ष पनि ५० हजार सहयोग गर्नुभएको थियो । उहाँका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार सहयोग गर्नुभएको थियो । रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताउनुभयो ।
चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिनुभएको वडाअध्यक्ष पुनले बताउनुभयो । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजन समेत गराउनुभएको थियो ।
विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत सङ्घसंस्थाहरुले घनमाया र उहाँका परिवारलाई सम्मान गरेका थिए । २०५५ सालमा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताउनुभयो । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा १ सय २७ विद्यार्थी छन् ।
अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६ सय ४३ रुपैयाँ सङ्कलन भएको छ । गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै