
वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा मंगलबारको खेलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब विजयी भएको छ ।
नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा भारतको युपी–११ लाई सात विकेटले हराएर भारतको नोइडा क्लबले जित निकाल्दा नेपाल पुलिस क्लबले पर्सा–११ लाई २५ रनले पराजित गरेको छ ।
पहिलो खेलमा टस जितेर पर्सा–११ ले पहिले फिल्डिङ्ग राजेपछि ब्याटिङमा उत्रेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २४ रनको योगफल जोडेको थियो ।
पुलिसका करण केसीले २९, अमित श्रेष्ठले २६, आरिफ शेख २२ र शङ्कर राणाले १७ रन तथा अर्जुन साउदले ११ रनको योगदान दिनुभयो । पर्सा ११ का लागि अनिल साहले दुई तथा समसाद मन्सरी र रुपेश सिंहले समान १÷१ विकेट लिनुभयो । क सय २५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको पर्सा–११ ले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । पर्सा–११ का लागि पवन सर्राफले ३२, कप्तान सन्दीप लामिछानेले २३, सुरज पटेलले १७ तथा रुपेश सिंहले १५ रनको योगदान दिनुभयो ।
पुलिसका करण केसी, सागर ढकाल र ललित राजबंशीले समान ३÷३ विकेट तथा शेर मल्ल र रसिद खानले समान १÷१ विकेट लिनुभयो । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका करण केसी घोषित हुनुभयो ।
दिउँसो भएको दोस्रो खेलमा टस जितेर नोइडा क्लबले पहिला फिल्डिङ्ग रोजेपछि ब्याटिङ गर्न उत्रेको युपी–११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १४ रनको योगफल जोडेको थियो । युपी ११ का समिर अन्सारीले २४, जयदिप सिंहले २३, अल्मस आलमले १६ र फर्दिन अलिले १५ रनको योगदान दिनुभयो ।
नोइडा क्लबका शङ्कर शेखर र सञ्जीव चतुर्बेदीले समान २÷२ तथा अल्पित गुप्ता र हर्षित सेठीले समान १÷१ विकेट लिनुभयो । एक सय १५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको नोइडा क्लबले १५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हासिल गरेको छ । नोइडाका हर्षित सेठीले अविजित ४५, अजिर मल्लिकले अविजित २२ तथा सिद्धार्थ गोस्वामीले २७ रनको योगदान दिएपछि टोलीले सहज जित हासिल गरेको हो ।
युपी–११ का सत्या तिवारीले दुई तथा सहिम हसले एक विकेट लिनुभयो । जिर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रंगशाला पुर्ननिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ गरी छ टोलीको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । प्रतियोगिता पुस ५ देखि १४ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव