
काठमाडौँ । नाइजेरियामा गोठाला र किसानबीच झडप हुँदा १ सय ६० जनाको मृत्युभएको छ । नाइजेरियाका विभिन्न गाउँमा सोमबार भएको शृङ्खलावद्ध झडपमा कम्तीमा १ सय ६० जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाउँमा मुसुमा गोठाला र किसानहरुबीच झडप भएको हो । बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार झडपमा कम्तीमा १ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा घाइते भएका ३ सय भन्दा बढीलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ।
स्थानीय रेडक्रसको अस्थायी टोलीले भने बोक्कोस क्षेत्रका १८ गाउँमा १ सय ४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसद्का सदस्य डिक्सन चोलोमले बार्किन लाडी क्षेत्रका विभिन्न गाउँमा पनि कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
पठारमा गत मे महिना यताकै सबैभन्दा हिंस्रक घटना हो । त्यसबेला पनि घटनामा किसान र गोठाला बीचको झडपमा १ सय भन्दा बढीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै