
तेह्रथुम । तेह्रथुममा आजदेखि ढाका महोत्सव शुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० स्टल राखिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव शुरु भएको हो । ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र १ करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समिति उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो । उहाँले भत्रुभयो, ‘महोत्सव अवलोकनका लागि विभित्र जिल्लाका ढाका तथा अन्य उद्यमी व्यवसायीलाई निमन्त्रणा गरेका छौँ ।’
सांस्कृतिक झाँकीसहित म्याङलुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उद्घाटन गर्नुभयो । प्रमुख तुम्बाहाम्फेले मुलुकको आर्थिक विकास, स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने चर्चा गर्नुभयो । ढाका र गुराँसको राजधानीका रुपमा तेह्रथुम परिचित छ । महोत्सवले ढाका र गुराँसकै प्रचारप्रसार हुने महोत्सव आयोजक संस्था पोखरी एकीकृत समाजका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विश्वास व्यक्त गर्नुभयो ।
अठ्ठाइस प्रजातिका गुराँस तेह्रथुमको टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुमको लालीगँराँस नगरपालिकामा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकनकर्ता आउने आङ्कलन आयोजकको छ । महोत्सवमा आउने पर्यटकले तेह्रथुमका अन्य पर्यटकीय क्षेत्रहरु ह्यात्रुङ झरना, मेन्छ्यायेम डाँडा, तिनजुरे, चिचिलिङ पोखरीलगायतको समेत भ्रमण गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका सदस्य रुपक सुवेदीले बताउनुभयो ।
ढाका महोत्सवले स्थानीय उद्यमीलाई हौसला मिलेको अनुग्रह ढाका उद्योगकी सञ्चालिका शान्ति लिम्बूले बताउनुभयो । सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, ढाकाको ‘ब्रान्डिङ’ गर्न, ढाकाको राजधानी तेह्रथुमको पहिचानलाई पुनः उजागर गर्न यो महोत्सवले सहयोग पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा मेला महोत्सव समितिका सभापति उमेश डालमियाले स्पष्ट पार्नुभयो । ‘बजारीकरणमा स्थानीय तहले निजि क्षेत्रको सहकार्यमा नङ र मासुको हिसाबमा काम गरे मात्र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सक्छ, स्थानीय तहले एक्लैले सम्भव छैन उहाँले भत्रुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै