
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति नदिने’ चेतावनी दिनुभएको छ ।
कोभिड महामारीपछि युरोपको पहिलो भ्रमणको अर्को विश्राममा सर्बियाली राजधानी बेलग्रेड पुग्नअघि सीले मङ्गलबार सर्बियाली दैनिक पोलिटिकामा उक्त चेतावनी दिनुभएको हो । उहाँको भ्रमण सैन्य गठबन्धनद्वारा बम विस्फोटको २५औँ वार्षिकीसँग मेल खान्छ । तीन जनाको मृत्यु हुने गरी भएको उक्त बम विस्फोटका लागि सिआइए म्यापिङ त्रुटिमा दोषी ठहराइएको थियो ।
‘आजभन्दा २५ वर्षअघि नाटोले युगोस्लाभियामा चिनियाँ दूतावासमाथि गरेको बम आक्रमणमा तीन चिनियाँ पत्रकार मारिएका थिए’ सीले पोलिटिकामा लेख्नुभएको छ– ‘यसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन, चिनियाँ जनता शान्ति चाहन्छन् तर यस्तो प्रकारको दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति दिनेछैनौँ ।’ उहाँले चीन र सर्बियाबीच ‘मजबुत मित्रता’ को प्रशंसा गर्दै भन्नुभयो– ‘यो हाम्रा देशवासीहरूको रगतले बनेको हो ।’
फ्रान्सको राजकीय भ्रमणपछि सी मङ्गलबार राति बेलग्रेड पुग्नुहुने अपेक्षा गरिएको छ । फ्रान्समा सीले युक्रेन युद्धलायतका विषयमा राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग छलफल गर्नुभएको थियो । उहाँको युरोपको अर्को भ्रमण सर्बिया र हङ्गेरीमा हुनेछ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।
चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री