
काठमाडोँ। एशिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणका अवसर खोज्न र डिजिटल विकासलाई एशियाली कम्पनीले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
चिनियाँ प्रविधि कम्पनी हुवावे र आसियान फाउन्डेसनको आयोजनामा बैङ्ककमा एशिया प्रशान्त क्षेत्रीय डिजिटल तथा बौद्धिकता सम्मेलन–२०२४ आयोजना गरिएको हो ।
सोमबारदेखि शुरू भएको दुई दिने सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्षेत्रका दूई हजारभन्दा बढी सहभागीलाई अग्रणी डिजिटल तथा वौद्धिकता पूर्वाधारको प्रयोगका लागि जोड दिइएको छ । भिडियो सन्देशमार्फत् आफ्नो उद्घाटन समारोहमा बोर्डका उपाध्यक्ष र हुवावेका प्रमुख वित्तीय अधिकारी मेङ वान्झाउले भन्नुभयो– ‘एशिया–प्रशान्त अन्य क्षेत्रका लागि डिजिटल प्रेरणा र आफ्नो डिजिटल अर्थतन्त्रको विकास गर्न खोजिरहेको र तिनीहरूका लागि रोल मोडेल बनेको छ ।’
अनुसन्धान र विकासमा लगानी गर्न हुवाव उत्सुक रहेको र ग्राहकको लागि उपयोगी सिर्जना गर्न र एशिया–प्रशान्त क्षेत्रकालाई डिजिटल र बौद्धिक प्रविधिहरूका फाइदाहरू पु(याउन साझेदारसँग खुला रूपमा सहकार्य गर्नतर्फ आफ्नो ध्यान जारी राख्ने मेङले बताउनुभयो ।
त्यस अवसरमा बोल्दै थाई डिजिटल अर्थतन्त्र र समाजका मन्त्री प्रसर्ट जन्तरारु आङटोङले भन्नुभयो– ‘थाइल्यान्डले राष्ट्रिय विकासका लागि आवश्यक नीति बनाई डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइरहेको छ । यसले डिजिटल अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउनको लागि प्रमुख चालकको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री