
स्याङ्जा । स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेषगरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।
वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर सङ्घ वालिङ नगर समितिको आयोजनामा वालिङमा १५ दिने प्रशिक्षण सुरु भएको नगर समितिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । ‘मगर भाषाको संरक्षण र सम्वद्र्धन गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ’ उहाँले भन्नुभयो– ‘बेलैमा भाषा तथा लिपि संरक्षणतर्फ लागिएन भने हाम्रो संस्कार संस्कृति नै लोप भएर जान्छ, लोप हुन नदिनका लागि प्रशिक्षणको आयोजना गरेका हौँ ।’
प्रशिक्षणमा वालिङ नगरपालिकाभित्रका १४ वडाबाट दुई÷दुई जना र नगर समितिका पदाधिकारी तथा सदस्य गरी करिब ५० जनाको सहभागिता रहेको छ । मगर भाषा बोल्न, लेख्न सिकाइने र प्रशिक्षणमा सहभागी भएकाले गाउँघरमा फर्केर अरुलाई सिकाउने भएकाले भाषा तथा लिपि संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास उपाध्यक्ष थापाको छ ।
‘भाषा थाहा भए पनि लिपिका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको छ’ उहाँले भन्नुभयो– ‘विशेषगरी अक्खा लिपिका बारेमा सहभागीलाई लेख्न सिकाइने भएकाले भाषा र लिपि संरक्षण हुने र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्दै लगिनेछ ।” नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य एवं भाषाविद् पूर्णबहादुर रानामगरले अक्खा लिपिबाट अन्य धेरै लिपिको विकास भएको बताउनुभयो ।
पुरानो पुस्ताले आफ्नो लिपि नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमात्रै यसको संरक्षण हुने भएकाले प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । प्रशिक्षणमा नयाँ पुस्ता एवं युवायुवतीको आकर्षण बढ्दै गएकाले पनि भाषा तथा लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै