
काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ राजेको थियो । बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो । एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि यशोदा बिष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले २ र कविता गौतमले १ विकेट लिइन् ।
मधेस प्रदेशका लागि ८७ रन बनाउने क्रममा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । उनले ४५ बल खेल्दै चार चौका हिर्काइन् । यसैगरी अनुराधा चौधरीले २८ बलमा तीन चौकासहित २१ रन तथा प्रतिमा शाहले १४ रन बनाइन् । बलिङतर्फ बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनिषा उपाध्यायले एक विकेट लिइन् ।
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले कीर्तिपुर खेल मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच तथा अर्को खेल मूलपानी खेल मैदानमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै