
कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
तराई भूपरिधि कार्यक्रम ९ताल०ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो । ‘ताल’ कार्यक्रमका सहप्रबन्धक कमलराज राईका अनुसार सोभाताल, त्रिशक्ति तथा शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने हात्ती प्रभावित क्षेत्रमा साईरन जडान गरिएका छन् । मध्यवर्ती क्षेत्रक्षेत्रअन्तर्गतका बेलौरी नगरपालिका–५, शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ मा साइरन जडान गरिएका हुन् ।
त्रिशक्ति मध्यवर्तीअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका–१, २, ३, ४ र ५ मा पाँचवटा साइरन जडान गरिएका छन् । शुक्लाफाँटा मध्यवर्तीअन्तर्गत पर्ने मझगाउँलगायत क्षेत्रमा पाँच साइरन जडान गरिएका सहायक प्रबन्धक राईले बताउनुभयो ।
‘हात्ती बस्ती प्रवेश गर्ने क्षेत्रको पहिचान गरी साइरन जडान गरेका छौँ’, उहाँले भन्नुभयो, ‘साइरनको स्वीच दबाउँदा आउने आवाजले स्थानीय बासिन्दा सचेत भई सुरक्षित तरिकाले बस्ने छन् भने यसबाट हात्तीका कारण हुने धनजन जोगाउन मद्दत पुग्छ ।’
गत वर्ष चितवनमा पन हात्तीबाट प्रभावित माडी क्षेत्रका पाँच ठाउँमा साइरन जडान गरिएको सहायक प्रबन्धक राईले बताउनुभयो । यो कार्य प्रभावकारी भएपछि कञ्चनपुरमा पनि साइरन जडान गरिएका हुन् । साइरनको आवाज करिब दुई किलोमिटर क्षेत्रमा सुनिने उहाँको भनाई छ । कञ्चनपुरको चुरे क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा लालझाडी संरक्षित क्षेत्र जङ्गली हात्ती हिँडडुल गर्ने क्षेत्र हुन् । हात्ती हिँड्ने पुराना बाटा (करिडोर) अतिक्रमणको चपेटामा परेका कारण हात्तीले बर्सेनी बस्तीमा पसेर जनधनको क्षति गर्दैआएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध