
काठमाडौँ । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) निर्यात मार्चमा समेत बढेको छ ।
दक्षिण कोरियाको आइसीटी उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । व्यापार, उद्योग र ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको छ ।
सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको छ । यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो । टेलिभिजन र कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ भने मोबाइल फोन निर्यात छ दशमलव छ प्रतिशतले बढेर ८८ करोड डलर पुगेको छ ।
कम्प्युटर र पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको छ भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको छ ।
आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको छ । चिप्स, डिस्प्ले प्यानल र मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर र पेरिफेरलका लागि आयात भने एकल अङ्कमा घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री