
काठमाडौँ । शेयर उकालो उकालो लाग्ने क्रम जारी छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले उकालो लागेर २ हजार १ सय ४१ दशमलव ८७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ९३ अंकले उकालो लागेर ४ सय २ दशमलव ६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २उपसमूहको शेयर मूल्यमा कमी आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ ।
कूल एक करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता शेयर ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । त्यो कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोल्टी होटल २४ करोड ५३ लाख ७७ हजार ६ सय ४०, सोनापुर मिनरल्स २० करोड १५ लाख २४ हजार ३ सय ९१, हिमाल दोलखा हाइड्रोपावर १८ करोड १३ लाख २३ हजार ७ सय ६ र नेपाल पूर्वाधार बैंक १७ करोड ५४ लाख ८३ हजार ५ सय ९० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
बुधबार विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजना ३ दशमलव ८२, नेरुडे लघुवित्त ३ दशमलव ६५, माथिल्लो मैलुङ ३ दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३ दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३ दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै