
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दुईवटा वडालाई बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी गरेको छ । पालिकाका ८ वडा मध्ये दुई वडालाई केही दिनभित्रै बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
गत मंसिर २७ गते बसेको मालिकार्जुन गाउँपालिका र गुड नेबर्स इन्टरनेशनल नेपालको समन्वयात्मक बैठकको निर्णय अनुसार पालिकाको नम्बर ६ र २ लाई बालविवाहह मुत्त वडा घोषणा गर्ने तयारी भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार यहि पुष १० गते वडा नम्बर ६ र पुष ११ गते वडा नम्बर २ लाई बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी भएको छ ।
यसका लागि पालिकाले सोमबार दुबै वडाहरुमा आवश्यक तयारी गर्न भन्दै सुचना समेत सार्वजनिक गरेको छ । कार्यक्रममा सर्वसाधारण, शिक्षक विद्यार्थी, जनप्रतिनिधि लगायतलाई आवश्यक प्रचार प्रसार गर्न भनिएको छ । अन्य वडाहरु भन्दा यी दुई वडाहरुमा बालविबाह कम हुँदै गएपछि तत्काल यी दुई वडाहरुमा कार्यक्रमको आयोजना गरिएको गुड नेबर्स इन्टरनेशनल नेपाल दार्चुलाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकामा गुड नेबर्स इन्टरनेशनल नेपालले बालविबाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम काम गदैँ आएको छ । मालिकार्जुन सहित जिल्लाका विभिन्न स्थानीय तहमा अझै पनि बालबिबाह हुने गरेको छ । मालिकार्जुन गाउँपालिकालाई २०८२ साल भित्र बालविबाह मुक्त पालिका बनाउने तयारी भएको गाउँपालिकाले जनाएको छ । स्थानीय रणनीति २०७६ लागु भएपछि मालिकार्जुनमा गुड नेबर्स इन्टरनेशनल नेपालले काम गदैँ आएको छ ।
अहिले पालिकामा बालविबाह गर्नेको संख्या ६ प्रतिशतमा झरेको छ । पहिले पालिकाभरी २५ दशमलब ९६ प्रतिशत हुने बालबिबाह अहिले आएर ६ प्रतिशतमा झरेको गुड नेबर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टिकाराम चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै