
मकवानपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग र निर्माण व्यवसायमा देखिएको समस्या तत्काल समाधान गरिने बताउनुभएको छ । अर्थमन्त्रीले मकवानपुर उद्योग वाणिज्य संघदवरा मंगलबार हेटौँडामा आयोजित छलफलमा बैँकको ब्याजदर र भुक्तानी लगायतका समस्या सम्बोधन गरिने बताउनुभएको हो ।
अर्थमन्त्रीले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँटा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने समेत बताउनुभयो । ‘पुरानो दायित्व बढ्दो क्रममा छ’ उहाँले भन्नुभयो– अब जति आम्दानी अनुमान छ त्यही अनुरुप बजेट बनाउने छौँ ।’ अर्थमन्त्रीले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरी मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्णकुमार गुप्ता र निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।
छलफलमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नम्बरक प्रहरी उपरीक्षक अनिल बुढाथोकी लगायत उद्योगी–व्यवसायीहरुको सहभागितो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव