
कञ्चनपुर। जिल्ला ट्राफिक प्रहरीले नेपाली सेनाका कर्मचारीलाई जनचेतनामूलक कक्षा संचालन गरेको छ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सेनालाई जनचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।
जिल्ला ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक नरेश विक नेतृत्वको टोलीले श्रीदल गुल्म भगतपुर ब्यारेकमा कार्यरत नेपाल आर्मीका अधिकृत तथा सकल दर्जाका कर्मचारीलाई सडक सुरक्षा, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने लगायतका विषयमा ट्राफिक सचेतना तथा ट्राफिक ऐन नियम सम्बन्धी जनचेतनामूलक तालिम दिएको छ ।
सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता,दुर्घटना न्यूनीकरणका सम्बन्धमा कार्यक्रम आयोजना गरि जनचेतनामुलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक विकले बताउनुभयो । ‘दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्छ’ उहाँले भन्नुभयो– अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुन्छ । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले सबै पक्षले जिम्मेबार बन्नुपर्छ ।’
जनचेतनामूलक कार्यक्रममा टा«फिक प्रहरी, श्रीदल गुल्म भगतपुर ब्यारेकमा कार्यरत कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध