
चितवन । नेपाल किसान महासंघले दूधको अनुदान कटौती नगर्न बागमती सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बागमती सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेपछि त्यो निर्णय फिर्ता गराउन किसान महासंघले मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष ५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
किसान महासंघको ज्ञापन पत्रमा कृषि ब्याज अनुदान कर्जा ५ प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले त्यसको निरन्तरता गरिनुपर्ने, दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफू लगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने, लगायत माग गरिएको छ ।
महासंघका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालका अनुसार बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्यांक संकलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा समयमै उपलब्ध गराउनुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको जानकारी गराउनुभएको अध्यक्ष बताउनुभयो । किसानलाई सम्बोधन गर्न सरकारले त्यही अनुसारको बजेट विनियोजन गरेको उहाँको भनाई छ । ‘कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै