
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री सङ्कलन लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी दिनुभयो ।
दहत्तर बहत्तर सङ्कलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर सङ्कलनलगायत समस्यालाई तत्काल सम्बोधन गरिदिन आग्रह गर्नुभयो । उहाँले प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानुनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासङ्घको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम महासङ्घको सहकार्यमा गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
ध्यानाकर्षणपत्रमा गाउँपालिका महासङ्घ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर सङ्कलनलगायत कानुनी जटिलता हटाउन महासङ्घले प्रदेश सरकारसँग माग गरेको छ ।
महासङ्घ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनासँगै अध्यक्ष मगरको टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग पनि छुट्टाछुट्टै छलफल तथा भेटघाट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै