
गोरखा। गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।
लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।
“आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट रु १८ लाख ९४ हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “त्यस्तैबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि रु २५ लाख खर्च गरेको छ ।”
उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुई सय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । “घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भन्नुभयो, “अब पानी लिन जानुपर्ने समयमा अन्य काम गर्न सहज भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै