
काठमाडौँ । लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौँको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध