
ललितपुर । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान चोक वर्षौँ अघिदेखि कामदार पाइने ठाउँको रुपमा परिचित छ । दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्नेहरु यतिबेला महालक्ष्मीस्थान चोकमा कामको प्रतिक्षामा बसिरहेका भेटिन्छन् ।
दैनिक करिब दुई सय कामदार कामको खोजीमा त्यो चोकमा बसिरहेका भेटिन्छन् । कामको खोजीमा निस्केका उनीहरुलाई पहिलाको जस्तो काम नपाएपछि जीविका कसरी चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
महालक्ष्मी चोकमा कामको खोजीमा बसेका उनीहरु मोटरसाइक रोकेका व्यक्तिलाई “कामदार चाहिएको हो सर ? ” भनेर सोध्छन् । काम पाउने वित्तिकै काम गर्न को जाने भन्ने विषयमा हानथाप हुन्छ । दिनभरी कामको पर्खाइमा रहेका उनीहरु बिहान ७ बजेदेखि राति १२ बजेसम्म बस्छन् । काम नपाएपछि निराश भएर कोठा फर्किन्छन् ।
महोत्तरीको बर्दिवास घर भएका ३८ वर्षीय पवन दासले महालक्ष्मीस्थान चोकमा काम खोजेर मजदुरी गर्न थालेका २३ वर्ष भएको बताउनुभयो । पहिलेको जस्तो काम पाउन छोडेको भन्दै उहाँले अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको बताउनुभयो । “कोरोना महामारीपछि काम पाउँनै छोडेको छ । पाए पनि धेरै कम पाइन्छ । कोठाभाडा तिर्न र परिवारको खर्च धान्न समेत समस्या भइरहेको छ ।”
भोजपुर जिल्ला तिवारी भञ्ज्याङ गाउँपालिका घर भएका ४९ वर्षीय मोहन कार्कीले उक्त चोकमा काम खोज्न थालेको १८ वर्ष बित्यो । अहिले काम पाउन छोडेपछि कसरी दैनिकी चलाउने भन्ने चिन्ता लाग्ने थालेको उहाँको भनाइ छ । कामदारको भीडमा काम खोजिरहेका कार्कीले काम नपाएको दुःखेसो पोख्नुभयो ।
“कोभिड अघि काम पाउँथ्यो । सबै परिवार काठमाडौँमा बस्थियौँ । अहिले काम नपाएपछि परिवारलाई गाउँ पठाएको छु । मजदुरी गरेर कमाएको पैसा गाउँ पठाउँछु । अहिले काम नपाएपछि गाउँ पठाउने पैसा पनि छैन”, उहाँले भन्नुभयो ।
कामको खोजीमा रहेका कामदारको ठेकदारले पैसा ठगेको गुनासो गरेका छन् । उनीहरु भन्छन्, “ठेकदारले हामीलाई काम लगाउँछ । महिनादिन काम गरेको ज्याला कुनै ठेकदारले दिदैँनन् । साहुबाट रकम लिएर आफूले खर्च गर्छन्, हामीलाई दिन्छु भन्दै ठगिदिन्छ । हामी बोल्न सक्दैनौँ, यसरी हाम्रो परिश्रम खेर जान्छ ।”
सप्तरीको लहान घर भएका ४० वर्षीय हरि मण्डल महालक्ष्मी चोकमा काम खोज्न लागेको २५ वर्ष भएको बताउँछन् । उहाँले २५ वर्षसम्म आफूले परिश्रम गरेको पैसा धेरैले ठगेको दुःखेसो गर्नुभयो । अहिले पहिलाको जस्तो काम नपाइएको उहाँले अनुभव सुनाउनुभयो ।
गोरखाका ५५ वर्षीय रामबहादुर विकको यस चोकमा काम खोज्न लागेको २० वर्ष भएको छ । काम खोज्दाखोज्दैँ दिन बितेपछि बेलुकापख कोठामा गएर कसरी जीविका चलाउने भन्ने चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो । “कोठा भाडा नतिरेको धेरै भइसक्यो । कामदार खोज्नको लागि मान्छे आउँदैनन् । हामी दिनभरी कामको खोजीमा बस्छौँ”, उहाँले भन्नुभयो ।
ललितपुरको महालक्ष्मीस्थान चोकमा कामको खोजीमा बसेका अरु मजदुरहरुको पनि पीर एउटै छ । “काम नपाएपछि कसरी जीविकोपार्जन गर्ने रु कसरी कोठा भाडा तिर्ने रु चोकमा बसेर दिनभरी काम खोज्नेमा देशका विभिन्न जिल्लाका युवादेखि ६० वर्ष उमेर समूहका भेटिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध