
काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकको निषेधाज्ञाको निवेदनमा अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।
पत्रकारिता क्षेत्रको नियमन गर्न प्रेस काउन्सिल कियाशील रहेको उल्लेख गर्दै न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले गत सोमबारकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
यसअघि न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो।
पाठकले पेश गरेको कागजातबाट उनी लामो समयदेखि पत्रकारितामा संलग्न रहेको, इन्टरफेस नेपाल नेटवर्क कम्पनीको रुपमा दर्ता भएको ट्रेडमार्क दर्ता प्रमाणपत्र लिएको एवं सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चारमाध्यमको रुपमा समेत दर्ता भई अनुमति लिएको देखिएको आदेशमा उल्लेख छ।
सञ्चारमाध्याम वा पत्रकारले सम्प्रेषण गरेको सामाग्रीबाट मर्का पर्ने व्यक्तिले काउन्सिलमा उजूरी दिनसक्ने तथा उजुरीउपर काउन्सिलले छानविन र कारबाही गर्न सक्ने व्यवस्था स्मरण गराउँदै आदेशमा भनिएको छ, निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु।।।।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- कसरी गरिरहेको छ ‘फ्री वाइफाइ’का नाममा वर्ल्डलिङ्कले गैरकानुनी धन्दा ?
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध
- काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा हाजिर