
उदयपुर । त्रियुगा नगरपालिकामा पतिको हत्या आरोपमा पत्नी पक्राउ परेकी छन् ।
नगरपालिकाको वडा नम्बर ५ दमौटी गाउँमा पति श्याम राईको हत्या गरी झाडीमा शव लुकाएको आरोपमा प्रहरीले पत्नी ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ६० वर्षीय श्यामको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखिएको देखेपछि स्थानीयले खबर गरेका थिए । अनुसन्धानको क्रममा श्यामको हत्या उनकै पत्नीले गरेको खुलेको हो । पति हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार निरकुमारीले पतिको हत्या आफूले गरेको स्वीकार गरिसकेकी छन् ।
निरकुमारीले बयानमा पति हरेक दिन मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन नसकेर हत्या गरेको बताएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै