
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले केएफ–७ दशमलव ६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागुऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।
भक्तपुर, सुर्यविनायक नगरपालिका–१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् यस कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको सूचना अधिकृत तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज निजहरूलाई लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाइएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध