
तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् ।
नौ वर्षसम्म कोरियामा रहनुभएका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लाग्नुभएको हो । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँल्नु भएका उहाँले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गर्नुभएको छ ।
स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउनुुहन्छ । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उहाँकी पत्नी सिर्जना कोइराला जानकारी दिनुुहन्छ । कागती खेतीबाट बर्सेनी उत्पादन वृद्धि हँुदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।
“कागतीका बिरुवा आफूले हुर्काएपनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ, सिर्जना भन्नुहुन्छ, “घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।” विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु पन्ध्र लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब रु बीस लाख बराबरको कागती बिक्री हुने लक्ष्य उहाँहरूको थियो ।
करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ÷सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलव्ध गराएको थियोे ।
आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कूलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्नुहुन्छ । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उहाँ बताउनुुहुन्छ ।
पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ । हाल जिल्लामा दुई सय त्रिसठ्ठी हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुई सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा एक हजार पाँच सय पच्चीस मेट्रिकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार जानकारी दिनुहुन्छ ।
बिक्रीका लागि समस्या छैन
उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताउनुहुन्छ । उत्पादित कागती पोखरा,चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु एक सयदेखि रु एक सय पचाससम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ ।
कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन
कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् ।सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुदैन्, सिर्जना भन्नुहुन्छ, “सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।”
सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउदो भएकाले यसैतर्फ आकर्षित भएका हौँ,उहाँ भन्नुहुन्छ, “कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउनुहुन्छ । बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आर्कषण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध