
काठमाडौँ । सुनको भाउ २ हजार ८ सय रुपैयाले बढेको छ । भाउ वृद्धिले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुन बिहीबार फेरि अप्रत्यासित उकालो लागेको हो ।
छापावाल सुन बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा बिनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ खरिदबिक्री भएको छ । तेजाबी सुनको भाउ बुधबार प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै