
स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो ।
२०२८ सालमा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जीनीयर आशिष रिजालले जानकारी दिनुभएको छ ।
‘पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्’ उहाँले भन्नुभयो, ‘एकसाता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जातर्फको घर टहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ ।’ हाल सञ्चालनमा रहेको ९३ मिटर लम्बाइको ‘स्टिल ब्रिज’ भन्दा केही तलबाट एकसय २० मिटर लम्बाइको ‘सिग्नेचर ब्रिज’ बन्ने भएको हो । सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।
‘पुल निर्माण सम्पन्न गर्नका लागि २७ करोड ७१ लाख रुपैया लाग्ने छ’ उहाँले भन्नुभयो, ‘पुल फुटपाथसहित एघार मिटर चौडाइको हुनेछ ।’ अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने छ । भारत सरकारको सहयोगमा २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माण शुरु भई २०२८ सालमा सम्पन्न भएको थियो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटबल तथा भारतसँगै जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । सडक निर्माण भएको लामो समय भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन ।
ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीमा रहेको हालको पुलमा सञ्चालन हुन नसक्दा माल सामान ढुवानीमा कठिनाइ तथा आसपासका उपभोक्ता मर्कामा परेका छन् । नयाँ पुल निर्माण थालिएसँगै पुलको बाटो भई सामन ढुवानी गर्ने उद्योगी, व्यापारी तथा उपभोक्ता खुशी हुन थालेका छन् । पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले दश टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै