
काठमाडौँ । जोेर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
सान्चेजले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा गरेको एक गोल नै झापाका लागि निर्णायक गोल सावित भयो । अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका हुन् । यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ । यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो । त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध