
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा ८३ वर्षीय मन्दिर सार्की दैनिक तरकारीका बिरुवा बेच्नुहुन्छ । बिरुवा यो काममा उहाँ नौ वर्षदेखि संलग्न रहदै आउनुभएको हो । सार्की भारतीय व्यापारीले उत्पादन गरेका काउली, बन्दा, भण्टा, प्याज लगायत तरकारीका बिरुवा ल्याएर बेच्नुहुन्छ।
बिरुवा बिक्री गरेबापत भारतीय व्यापारीले दैनिक रु दुई सय पारिश्रमिक दिने गरेको र त्यही रकमले श्रीमती र आफनो दैनिक खर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ । भारतीय व्यपापारीले घरमै बसेको देखेर दया गरी बिरुवा बेच्न दिएको बताउनुहुने सार्की बिहान ९ बजे बिरुवा बेच्न बजारतर्फ दौडिनुहुन्छ र साँझ ७ बजेपछि मात्रै घर फर्किनुहुन्छ । ‘बिरुवा छिट्टै बिक्री भए छिटो घर जान्छु’ उहाँ भन्नुहुन्छ, ‘बिक्री नभएका दिन ग्राहक कुर्दै साँझ निकै अबेर पनि हुन्छ । दैनिक पाउने पैसा बचत गरी धान, गहुँ, चामल, नून, तेल र लत्ताकपडाको जोहो गर्दै आएको छु । हिउँदका बेला तरकारीका बिरुवा बिक्री गरेबापत पाइने पारिश्रमिकले जेनतेन घरखर्च चल्छ । अरु बेला नगरपालिकाबाट पाइने ज्येष्ठ नागरिक भत्ताको रकमले खर्च चलाउने गर्छौँ ।’
दुबै बूढाबूढी स्वासप्रश्वाससम्बन्धी बिरामी भएकाले आधा पैसा यसमै खर्चिने गरेको उहाँ बताउनुहुन्छ । सार्कीका दुवै बूढाबूढी कलुवापुर गाउँमा रहेको कच्ची झोपडीमा बस्दै आउनुभएको छ । ‘डडेल्धुराको चिपुरको पूख्र्यौली घरमा हुँदा पनि निकै दुःख पाइयो’ उहाँ भन्नुहुन्छ– ‘अरुको हलो जोतेर गुजारा चलाउनु पर्दथ्यो, साँझबिहान खानाको व्यवस्था गर्न निकै सकस थियो । हलो जोत्ने कार्य भने बुवाबाजेकै पालादेखि गर्दै आएको थिएँ । तत्कालीन माओवादी जनविद्रोह शुरु भयो । हलो जोत्दै आएको मालिकले माओवादी विद्रोहीको कारबाहीमा पर्ने डरले कामबाट छुटाए ।’
बेखर्ची भएपछि दुई दाजुभाइले सल्लाह ग¥यौंँ र आफन्त भएकै ठाउँमा तराई झरेर सहज जीवनयापन गर्न सकिन्छ कि भन्ने सोच अनुसार डेढ दशक अघि यहाँ आइपुगेको सार्की जानकारी गराउनुहुन्छ । केही वर्ष काम गरेर दुवै दाजुभाइले पैसा बचत गरी ऐलानी ५ कठ्ठा जग्गा खरिद गरिएपछि अंशबण्डा गर्दा अढाइ कठ्ठा जग्गा भागमा परेको र त्यही जग्गामा तीन छोराले अंश लिएपछि सानो झुपडीमा दुबै बूढाबूढी बस्दै आएका उहाँको भनाई छ ।
छोरा छुट्टिएर अलग बस्न थालेपछि बुढाबुढीका लागि सहारा कोही नभएकाले अरुको तरकारीका बिरुवा बेच्ने कार्य गरेर जीविका चलाउन विवस भइएको सार्की बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध